You are viewing the translated version of कृषि बिमामा अनुदान दिन सक्ने.

Section 19
कृषि बिमामा अनुदान दिन सक्ने
(१) नेपाल सरकारले बाढी, पहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि, असिना, हिउँ, तुसारो, बाली र पशुका रोग तथा कीरा, बाँझोपन, भूकम्प, चट्याङ तथा दुर्घटना वा यस्तै अन्य अवस्थामा कृषि उत्पादन वा कृषि बालीको हानि नोक्सानी विरुद्ध किसानलाई क्षतिपूर्ति दिनका लागि कृषि बिमाको व्यवस्था गर्नेछ।
(२) उपनियम (१) बमोजिमक्रो कृषि बिमा गर्न चाहने किसानलाई बिमाको प्रिमियम रकममा दोहोरो नपर्ने गरी नेपाल सरकार वा प्रदेश सरकारले सम्बन्धित स्थानीय तह मार्फत अनुदान दिन सक्नेछन्‌।